'मेरै बुबा प्रधानमन्त्री भएका बेला म माथी उत्पीडन भएको छ, अरुको के हालत होला ।' - मानुसी यमी भट्टराई
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Nov 12, 2020
पुरुष नेताहरुको संधैको झगडा, शक्ति र सत्ताका लागि तल्लोस्तरको लुछाचुडी चलिरहँदा महिलाहरु नेतृत्ंवमा भएको भए यस्तो हुदैनथ्यो कि ? समावेशीता, युवा, महिला नेतृत्व लगायतका बिषय हरेक दल र राज्यका निकायहरुका लागि देखाउने दाँत मात्र हुन् ? ठूला दलहरुमा अहिले के भइरहेको छ र यो अवस्थामा ती दलका महिलाहरु के गर्दैछन् ? पुरुष नेताहरु पदको झगडामा अल्झिएर मलुकका प्राथमिकता नै भुलिरहँदा महिलाहरु किन नेतृत्व छोड, हामी आउँछौ भन्न सकिरहेका छैनन् ? महिलाहरुको राजनीतिक दलमा स्थान कहाँ छ ? देशको सामाजिक तथा राजनीतिक आन्दोलनमा उनीहरुले खेलेको भूमिकाको कुनै कदर भएको छ ? कि २–४ वटा मन्त्री र सांसद हुँदैमा महिलाहरु चित्त बुझाएर बस्नु पर्ने हो ? नेतृत्व तहमा हस्तक्षेप गरेर अगाडी आउन उनीहरुका लागि के बाध्यता छन् ?
आजको संवादमा नेकपाकी केन्दीय सदस्य तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभपाति शशि श्रेष्ठ, नेपाली कागे्रसकी सचेतक पुष्पा भुसाल र पछिल्लो पुस्ताको प्रतिनिधत्व गर्ने जनता समाजवादी पार्टीकी युवा नेतृ मानुसी यमि भट्टराई ।