मुलुक कोरोना महामारीका कारण आक्रान्त छ । नागरिकको अवस्थाबारे बेखबर जस्तै बनेर नेकपाका मुख्य नेताहरु झण्डै ७ महिनादेखि कसलाई राजदुत बनाउने, कसलाई मन्त्री बनाउने, राजनीतिक नियुक्तिमा आफ्नो मान्छेलाई कसरी पार्ने्, आफ्नो भागमा के प¥यो, अर्काले के खायो जस्ता बिषयमा गलफत्ति गरेर बसेका छन् ।
सरकार र सत्ताधारी पार्टीका अव्यवस्थामाथि खबरदारी गर्दै नागरिक आवाज बोल्नुपर्ने विपक्षी दल काग्रेस झन् निकम्मा सावित हुंदैछ । समाजिक सञ्जालमा एकाध टिप्पणी देििखए पनि नागरिक समाज झनै सुसुप्त छ । अनि बिडम्बना, शासन सञ्चालन गर्ने मुख्य दलहरुभित्र उमेरले नेटोकाटेका नेताहरुको शक्ति र स्वार्थको ताण्डक नृत्य चलिरहंदा आशा गरिएका करिव ४० प्रतिशत युवा जनसंख्या भएको यो देशका युवा नेताहरु भने थपडी बजाएर बसेका छन् ।
यत्रो महामारीमा युवा राजनीतिज्ञहरु कहा“ छन् ? शिर्ष नेताहरुका स्वार्थजन्य क्रियाकलापमा किन उनीहरु गोटी बनेर हिंड्छन् ? शासन सत्ता ढाल्ने पहिलेको युवा जमात अहिले किन ती पुराना सोचले ग्रस्त बृद्ध नेताहरुलाई चुनँैती दिन सक्दैनन् ? वास्तवमा युवा राजनीतिज्ञहरु आजको अवस्थालाई कसरी हेरिरहेका छन् ?