भारतले हामीलाई हेपेरै ‘रअ’ का प्रमुख पठाएको । ‘रअ’ का गोयल र सेनाका नरवणे दुवैको भ्रमण अस्वभाविक ।
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Oct 29, 2020
दल र सरकारका काममा व्यापक आलोचना खेपीरहेको प्रधानमन्त्री ओली सामु अहिले अनेक प्रश्न तेर्सिएका छन् ।
नेपाल र भारतको सम्बन्ध अब फेरी राजनीतिक र कुटनीतिक तहबाट खुफिया एजेन्सीको तहमा झरेको हो ? प्रधानमन्त्रीले गुप्तचर प्रमुखलाई गोप्य भेट्नु कुटनीतिक प्रोटोकल भित्र पर्छ ? राजनीतिक रुपमा वार्ता हुनै नसक्ने भएर खुफिया परिचालन गरिएको हो ? भारतीय सेनाध्यक्षलाई यहिबेला महारथिको दर्जा प्रदान गर्नु कतिको ठिक हो ?झण्डै दुई तिहाई जनमतको प्रधानमन्त्री बनेका ओलीका कदम किन एक पछि अर्को विवादमा पर्छन ? नेकपाले पाएको जनमत र अहिले उसले गरिरहेका गतिविधि कति विरोधाभासपूर्ण छन् ? यत्रो महामारीमा कम्यूनिष्ट सरकारले गर्ने काम यस्तै हो ? कि पार्टी भित्रको घेराबन्दीले ओलीले केही गर्न नपाएका हुन् ?
यस्तै प्रश्नहरुको जवाफ खोज्न आजको संवादमा मसँग हुनुहुन्छ अर्थ राजनीतिक बिश्लेषक हरि रोका । लामो समय बामपन्थी राजनीतिमा आबद्ध रहनु भएका रोकाले तत्कालिन एमाले र माओवादी केन्द्र दुबै धार र तीनका नेतालाई नजिकबाट नियाल्नु भएको छ ।आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथी अर्थ राजनीतिक बिश्लेषक हरि रोकालाई ।