अर्थमन्त्रालयमा विज्ञ मन्त्री : आखिर भयो के प्रगती ? || युवराज खतिवडा Yubaraj Khatiwada in TOUGH talk
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Nov 28, 2019
लामो राजनीतिक संक्रमणबाट संक्रमित अर्थतन्त्र आर्थिक मामिलाका जानकार र अर्थतन्त्रका नाडी छामेका व्यक्ति नै अर्थमन्त्री हुंदा पनि किन अपेक्षित सुध्रेको छैन ? तथ्यांक र प्रतिवेदनमा देखिने सुधारले सर्वसाधारणको दैनिक जिवनमा कति राहत दिलाएको छ ? किन नेपालमा अझै पनि लगानीमैत्री वातावरण बन्न सकेको छैन ? विकास खर्च किन हुदैन ? २० महिना अघि श्वेतपत्र मार्फत् आफैले देखाएको अर्थतन्त्रको भद्रगोल अवस्थामा अहिले के तात्विक सुधार आयो ? चुनावका बेला घोषणापत्रमा उल्लेखित प्रतिबद्धता कतै टोकरीमा फालिए कि त्यसअनुसार कुनै काम पनि भइरहेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ अर्थमन्त्री डा. युवराज खतिवडा ।