सारङ्गी बजाएर २ हजार भन्दा बढी कन्सर्ट गरेका किरण नेपालीको साङ्गितिक यात्रा || Kiran Nepali in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Nov 21, 2019
समाजले गर्ने हेला र अपमानका कारण पुस्तौदेखि सारंगी बजाउंंदै आएका गन्धर्व परिवारका चर्चित सारंगीवादक किरण नेपालीका बाबु हरिशरण नेपालीले २० वर्षको हुंदासम्म उहांलाई सारंगी छुन नै दिनुभएन । तर आज तिनै सन्तान किरण नेपालीको ख्याती सारंगीकै कारण देश विदेशमा चुलिएको छ । आफ्ना पुर्खाहरुले बजाउंदै आएको सारंगीलाई लोप हुन नदिन उहांले ‘सारंगी प्रोजेक्ट’ चलाएर अहिलेको पुस्तालाई सारंगीबारे शिक्षा दिइरहनु भएको छ । कार्यालय नै खोलेर सारंगी सहितका नेपाली मौलिक बाजा संरक्षणको संस्थागत प्रयासमा लाग्नुभएको छ । पुरानो लोकबाजा सारंगीलाई आधुनिक प्रविधिसंग जोड्दै अन्तराष्ट्रिय मञ्चहरुमा पु¥याउने काममा उहां खटिइरहनुभएको छ । चर्चित सांगीतिक ब्याण्ड कुटुम्ब र प्रशिद्ध गायक विपुल क्षेत्रीमा सांगितिक समुहमा सारंगीवादकको रुपमा आबद्ध किरण नेपालीले स्वदेश र विदेशमा गरी झण्डै २ हजारवटा कार्यक्रममा आफ्नो मौलिक बाद्यकला प्रदर्शन गरिसक्नु भएको छ ।
आज मैले तिनै प्रतिभाशाली बाद्यवादक किरण नेपालीलाई टफटकमा निम्त्याएको छु ।