उपन्यास बाबु आमा र छोरा एक जेलिएको पारिवारिक सम्बन्धको अनौठो र रोचक कथा हो । यसमा बाबुपात्र, छोरापात्र र आमापात्र गरि ३ मुलपात्र छन् । सोझै कथाको पोयो फुकाउनुपर्दा– सामान्य तवरले चलिरहेको काठ्माण्डौंको एक उच्च वर्गिय परिवारमा एउटा यस्तो संयोग आइपर्छ– जहाँ छोराको प्रेमिकासँग बाबुले विवाह गर्न पुग्छन् । यहि घटनाको पृष्ठभूमिमा उपन्यास घुम्दछ । र, उपन्यासकार कोइरालाले एउटै घटना र सन्दर्भलार्इ फरक फरक पात्रको दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । ती पात्रहरुको मिहिन मनोवैज्ञानिक चित्रण नै यो उपन्यासको बिशेषता हो ।