उपन्यास 'ताप' चन्द्रिका र सुजाता; यी आमाछोरीको वरिपरि घुम्छ। एउटै चिजलाई हेर्ने यी दुइको फरक– फरक दृष्टिकोण छ, दर्शन छ– चाहे त पारिवारीक विषय होस् या व्यक्तिगत, या सामाजिक विषयबस्तु नै किन नहोस्। सुजाता आफ्नो जीवनमा आमाले नियन्त्रण कायम गर्न खोजेको मन पराउँदिन, भन्छे– 'मेरो जीवन मेरै मर्जी।' यी आमाछोरीको घर्षणकै कारण उपन्यासमा कहिले रोचक त कहिले तनावपूर्ण मोडहरु आईरहन्छन्। ती; कतिपय बेला तपाइँ हाम्रो सोचाइ र भोगाईसँग मेल खान पुग्छन्। बाँकि कुरा उपन्यासमा....
यो उपन्यास सांग्रिला बुक्सले प्रकाशित गरेको हो। उपन्यासकार शर्माको तापपछि 'कम्प' नामक उपन्यास आइसकेको छ।