‘हामी आफैले गरेका क्रान्तिलाई सम्मान गर्न सकेनौं’- आहुति Ahuti in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Feb 18, 2021
निरंकुश जहानिया“ राणाविरुद्धको आन्दोलन सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर हरेक बर्ष दिवस मनाए पनि प्रजातन्त्रको मुल्य मान्यता र मर्मको आत्मसात भने सात दशक वितिसक्दा पनि भएको छैन । अझै पनि सामाजिक संरचना विभेदकारी छ र जातीय छुवाछुतदेखि लैगिक विभेदका अनगिन्ती घटनाहरु घटिनै रहेका छन । शासकीय संरचनामा देखावटीरुपमा प्रजातान्त्रिक छन्, तर ती संरचनाबाट हुने कार्यसम्पादन प्रजातान्त्रिक छैन ।
बरु बेलाबखत शासन सत्तामा पुगेका नेता र दलहरुमा उही जहानिया“ राणा शासकको शैली प्रकट हुन्छ । प्रजातान्त्रिक मुल्य मान्यताहरुलाई कुल्चिदै हिड्ने मोह भेटिन्छ । अहिले त प्रजातन्त्र भित्रको पनि उत्कृष्ट मानिने संघीय लोकतान्त्रिक शासन प्रणालीको अभ्यास थालिएको छ । तर संघीयता राम्ररी लागू नह“ुदै यसलाई दुषित पार्ने विकृत प्रयासहरु भएका छन् । राजनीतिक व्यवस्था परिवर्तन भयो नागरिकको अवस्था किन परितर्वन भएन ? अझै पनि किन नागरिकहरु समाजिक विभेदको शिकार भइरहेका छन् ? किन प्रजातन्त्र प्रजातन्त्र जस्तो हुन सकेको छैन ? आज मस“ग बैज्ञाननिक समाजवादी पार्टीका संयोजक, तथा लेखक आहुती हुनुहुन्छ ।