मुख्यमन्त्रीको संघीय अनुभव Dormani Poudel, Chief Minister in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Jan 27, 2021
बाग्मति प्रदेशले भने प्रदेशको नाम र राजधानीको विवाद सल्टाइसकेको छ ।
यो प्रदेश अन्य भन्दा केही फरक छ । किनकी यही प्रदेशमा मुलुकको केन्द्रीय राजधानी छ । तीन वटा ठूला महानगरपालिका, एक उपमहानगरपालिका समेत छ । त्यसैले यो प्रदेशका हरेक गतिविधिमा केन्द्रीय राजधानी समेत जोडिन्छ र प्रदेशले गरेका काममा केन्द्रको नजर परिरहन्छ ।
त्यति मात्र होइन केन्द्रीय राजनीतिमा भएको अस्थिरताको बीउ पनि अहिले यो प्रदेशमा रोपिइसकेको छ । ५ बर्षका लागि बनेको सरकारका मुख्यमन्त्रीमाथि अहिले संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सरकार बनेपछि संघीयताको अभ्यास कसरी भइरहको छ ? केन्द्र र स्थानीय तहबीचको पुलको रुपमा प्रदेशले कतिको काम गर्न सकेको छ ? विकास निर्माण र दैनिक जनताका सुविधा प्राप्तिको अवस्था के छ ? केन्द्रमा जस्तै अब प्रदेशमा पनि अस्थिरता सुरु भएको हो ? यस्तै प्रश्नहरुमाथि संवाद गर्न म वाग्मति प्रदेशको राजधानी हेटौडा आइपुगेको छु । मसंग हुनुहुन्छ– बाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल । उहा“विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा म उहा“संग संवाद गर्दैछु ।