‘हामी सम्मोहनको राजनीतिमा फस्यौं, यस्तो अवस्थाबाट मुक्ती पाउन गार्हो हुन्छ ।’- सीके लाल, विश्लेषक
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Jan 5, 2021
संविधान जारी गर्ने बेलामा तराई केन्द्रीत राजनीतिक दलहरुले सुरुमै यो संविधानमा विमति राखेका थिए । उनीहरु संघिय संरचनाको बनोट लगायतमा विमति राख्दै संविधान सभा नै छोडेर हिडेका थिए । संविधानमा लिपिबद्ध भएका बिषयलाई ठूलो उपलब्धी ठान्ने त्यही समूहको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री ओली आफैले संविधानलाई उलंघन गर्ने श्रृंखला सुरु गरेका छन् । र संविधानको विरोध गर्ने लगायतका शक्तिहरु अहिले संविधानको रक्षाका लागि आवाज उठाउँदै सडकमा निस्केका छन् । दुई तिहाईको प्रचण्ड बहुमत हँुदा पनि संविधानमा नभएको प्रावधानमा टेकेर किन ओलीले संसद विघटन गरे ? के यो ओलीको सर्वसत्तावाद तर्फको यात्रा हो ? नेपाली नेताहरुमा लोकतन्त्र, गणतन्त्र र राजनीतिक स्थिरताप्रतिको निष्ठा कति छ ?
यस्तै प्रश्नको जवाफ खोज्न आज मैले राजनीतिक विश्लेषक तथा लेखक सीके लाललाई निम्त्याएको छु । औपचारिक अध्ययन इन्जिनियरिड, जनप्रशासन र कानून विषयमा गरेका सीके लाल पेशाले इन्जिनियर हुनुहुन्छ । तर समाज, राजनीति, मानव अधिकार देखि विकासका मुद्दामा भण्डै तीन दशकदेखिको लेखन र अध्ययनले उहाको एउटा धुरन्धर लेखक बिश्लेषक, चिन्तकको परिचय बढ्ता छ ।