भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्री आफै इमान्दार हुनुपर्छ । ओठे प्रतिवद्धताले केहि हुन्न TOUGH talk
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Dec 3, 2020
प्रधानमन्त्री चयन भएर सिंहदरबारको कुर्सीमा पदबहाल गरेका दिन केपी शर्मा ओलीले भनेका थिए – ‘म भ्रष्टाचार गर्दिन, र अरुलाई गर्न पनि दिन्न’ । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गर्छु ।’
तर हालै ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ले एसियाका १७ देशमा गरेको पछिल्लो एकबर्षको भ्रष्ट्राचारस्थितिको सर्वेक्षणअनुसार सबै भन्दा बढी भ्रष्टाचार नेपालमा बढेको तथ्य छ । अझ सर्वेक्षणमा तपाई हाम्रो शिर नै निहुराउने तथ्य त यो छ की यस्ता भ्रष्टाचारमा प्रधानमन्त्री स्वयं संलग्न हुने गरेको वा भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने गरेको बताइएको छ ।
यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मैले नेपाल सरकारका पुर्व सचिव तथा ट्रान्सपरेन्सी इन्टरनेसनल– नेपालका प्रमुख खेमराज रेग्मी, अख्तियार अनुसन्धान आयोगका पुर्व सचिव माधव घिमिरे र लेखक तथा ‘इ–कागज डटकम’ का प्रधान सम्पादक हरिबहादुर थापालाई निम्त्याएको छु ।