हामी सबै मिलेर कोरोना भाईरसलाई कसरी परास्त गर्ने ? #टफटकफ्रमहोम TOUGH talk from Home || TOUGH talk Tapainsanga || COVID 19 Special #टफटकतपाईंसॅंग #कोभिड१९विषेश
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Sep 3, 2020
जिम्मेवार निकायमा बसेर फ्रन्टलाईनमा काम गर्नुपर्नेहरु यसरी नै संक्रमति हुन थालेपछि हामीले थप कस्ता सावधानी अपनाउनु पर्ला ? त्यसैले कोरोनाविस्द्धको युद्धमा हामी प्रत्येकको के भुमिका हुन्छ ? हामी अझै पनि कतिपय ठाँउमा मास्क समेत नलगाउने तथा न्युनतम दुरी समेत कायम नगरी जोखिम निम्त्याइरहेको तथा स्वयं महामारी फैलाउने भुमिकामा सरिक भइरहेको देख्छौं । अहिले महामारी रोकथाममा राज्यका निकायदेखि तपाईंहामीले अपनाउनुपर्ने सावधानी के के हुन ? तीन तहको शासकीय संरचना भएपनि महामारीका बेला हामीले तीनलाई किन प्रभावकारी बनाउन सकिरहेका छैनौ ?
यस्तै प्रश्नको जवाफ खोज्न आजको संवादमा मसंग धेरै ठूलो जनघनत्व भएका काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, दमक नगरपालिकाका उपमेयर गीता अधिकारी हुनुहुन्छ । त्यस्तै शुरुदेखि नै कोरोनाका उपचार गर्दै आएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र स्थानीय शासनसम्बन्धि विज्ञ पूर्व सचिव डा पूर्णचन्द्र भट्टराई पनि आजको संवादमा हुनुहुनेछ ।