कोरोना नियन्त्रणमा केन्द्रीय सरकार होईन, बरु प्रदेश र स्थानीय सरकार चुकेका छन् । Bhanu Bhakta Dhakal in TOUGH talk
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Aug 13, 2020
जनस्वास्थ्यसंग जोडिएको यति ठूलो संकट किन राम्ररी व्यवस्थापन हुन सकेको छैन भन्ने जन गुनासो सवत्र छ ? समूदायको फैलिएको संक्रमण रोक्नका लागि सरकारले के गर्दैछ ? उपचार नै नपाएर मानिसहरु मर्नुपर्ने अवस्थाालाई हामी कसरी सम्हाल्न सक्छौं ? यति ठूलो स्वास्थ्य र मानवीय संकट आइलाग्दा जनताका लागि काम गर्छौै भन्ने कम्यूनिष्ट पार्टीको सरकार किन सत्ता र शक्तिमा अलमलिलएको छ ? के यो सत्ता राजनीतिको खेल खेल्ने समय हो ? स्वास्थ्य सामग्री खरिद अनियमितता देखि व्यव्स्थापनमा भएको लापरवाहीको जिम्मेवार को हो ?
यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल । अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट आउनु भएका ढकाल दोस्रो संविधान सभामा तत्कालिन एमालेको प्रमुख सचेतक, २०७४ सालको चुनवापछि सुरुमा कानूनमन्त्री हुँदै अहिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिइरहनु भएको छ ।