सरकारको गति कता र कति ? विश्लेषक खगेन्द्र प्रसाई || Dr. Khagendra Prasai in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Jun 1, 2020
दुई बर्ष अघिको चुनावमा राजनीतिक दलहरुले निकै ठूला नारा लगाए– ‘अब राजनीतिक आन्दोलन सकियो, चुनावपछि मुलुक समृद्धिको बाटो तर्फ डोहोरिने छ ।’ दलहरुले गरेका ती प्रतिबद्धता अहिले फर्केर हेर्दा बेकार लाग्छन् । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नारा लगाउने प्रधानमन्त्री केपी ओलीकै जोडबलमा व्यापारिक स्वार्थ समूहका अनुकुलमा काम भएका समाचार आइरहेका छन् । नेकपा पार्टीभित्र पनि आन्तरिक विवादको भूमरी छ । सरकारमाथि खबरदारी गर्नुपर्ने प्रमुख विपक्षी दल काग्रेस आफ्नै आन्तरिक झगडाको दलदलमा फसेको छ । जनताले चुनेर पठाएका, भरोसा गरेका मुख्य दलहरुको किन यो हालतमा चलिरहेका छन् ? राजनीतिक दलहरुमा जनमत ख्याल गर्ने चेत किन पलाउदैन ? राजनीतिक भनेको सत्ता र त्यसको स्वार्थभित्र रुमल्लिइरहने खेल मात्र हो ? अहिलेको सरकार र पार्टीहरुका कार्यशैलीमा कहां कमजोरी छन् ? सिद्धान्तको ठूला ठेली घोकेर भाषण दिने नेताहरु तीनै सिद्धान्त र विधिविधानको पालना चाही कति गर्छन् ? राजनीतिक सुध्रिढिकरणका लागि नागरिक समाज र आम सर्वसाधारणको भूमिका के हुनुपर्छ ? यीनै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ– विश्लेषक डा. खगेन्द प्रसाई ।