आधुनिक होइन, परम्परागत प्रविधि र सिप: संरक्षणकर्मी रविन्द्र पुरी || Rabindra Puri in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Jan 16, 2020
कुनै समय काठमाडौं उपत्यका, मन्दिरै मन्दिरको शहरमात्र होइन, कलात्मक र परम्परागत घरहरुहरुका कारण पनि चिनिन्थ्यो । मठ मन्दिरहरुसंगै यहांका परम्परागत शैलीका घरहरुले शहरको शोभा बढाएको थियो । २०७२ सालका आएको भुकम्पले बचेखुचेका परम्परागत घर, मठमन्दिरहरुमा ठुलो क्षति पु¥यायो । पुननिर्माण भएकोमा पनि मौलिक भन्दा आधुनिक शैलीको बढ्ता प्रयोग भइरहेको पाइन्छ ।
कंक्रिटको प्रयोगले काठमाडौको मौलिकता गुम्न थालेपछि संरक्षणकर्मी रविन्द्र पुरीले एउटा ढल्न लागेको पुरानो घरलाई पुर्ननिमार्ण गरेर ‘नमुना घर’ बनाउनु भयो । त्यसपछि उहां ‘आरपी फाउण्डेसन’ नामक प्रतिस्ठानै स्थापना गरेर परम्परागता शैली प्रर्वद्धन गर्ने अभियानमा सक्रिय हुनुहन्छ ।
झण्डै डेढ दशकदेखि कलात्मक घर निर्माणमा लाग्न पुरीलाई के ले आर्कषित गर्यो ? नेपालमा परम्परागत शैलीका घरहरुको अवस्था कस्तो छ ? परम्परागत घर तथा भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पाउन कति सम्भव छ ? मँैलिकता टिकाई राख्न हामी कति सक्रिय छन् ? सांस्कृति सम्पदाहरुको संरक्षणमा सरकारी निकाय कति गंभिर छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, संरक्षणकर्मी रविन्द्र पुरी ।