साढे सात दशकदेखि लोकतन्त्रका लागि लड्दै आएको नेपाली काग्रेस आफै भित्रको लोकतान्त्रिक अभ्यासमा आएको ह्रासकाकारण इतिहासकै कमजोर अवस्थामा पुगेको छ । यतिबेला सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वका मुख्य गुटको झगडाले झन् रौद्ररुप लिएको छ । आउंदो महाधिवेशनमा पनि नेतृत्व हुत्याउन सभापति देउवाले पार्टीको विधान नै निलम्बन गरी क्रियाशिल सदस्यता सम्बन्धि प्रावधान फेरेको, आफ्नो समुहको वर्चष्य बढाउन पार्टीमा विभागहरुको संख्या थपेको लगायतका आरोप पौडेल र सिटौला पक्षको छ । कुनै बेला बीपी कोइरालाले नेतृत्व गरेको, समाजवादी आदर्श बोकेर हिड्ने, २००७ साल, २०४६ साल देखि २०६२–६३ सालका ठूला जनआन्दोलनको समेत नेतृत्व गर्ने पार्टीमा अहिले यो हदसम्मको चरम व्यक्तिवादी र आपसी गुटबन्दी किन भइरहेको छ ? एउटा ऐतिहासिक पार्टीलाई रसातलमा भसाउने खालको अवस्था कसले कसरी सिर्जना ग¥यो ? संसदका काग्रेस किन कमजोर बनिरहेको छ ? नेताहरुको यो छिनाझम्टी किन ? आउंदो महाधिवेशनले पार्टीलाई कता लानेछ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल ।