छायाँमा परेका कथा र नदेखिएको संभावना || #13thSAG Koshmaya Basnet and Punam Shrestha in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Dec 13, 2019
दक्षिण एसियाली खेलकुदको १३ औ संस्करणमा नेपालले अहिले सम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्दै ५१ वटा स्वर्ण पदक हासिल ग¥यो । नेपाल उपलब्धीहरुको सिंढी चढ्नुमा खेलाडीहरुका अनेक दुःख संघर्षका कथाहरु जोडिएका छन् । केही खेलमा पाएका पदक र खेलाडीहरुको व्यापक चर्चा परिचर्चा भयो । तर यही भिडमा केही चांही ऐतिहासिक उपलब्धी हासिल गरेर पनि छांया परेजस्तो देखिए । त्यस्तै मध्येका प्रतिनिधि खेलाडीहरु हुनुहुन्छ महिला कबड्डीकी कोषमाया बस्नेत र जुडोकी पुनम श्रेष्ठ । समग्रमा साग खेलकुद कस्तो रह्यो ? अभावका बीच पनि आ आफ्ना खेलमा यो स्तरको उपलब्धी हासिल गर्न नेपाली खेलाडीलाई कस्ता संघर्ष पार गर्नुपर्छ ? हाम्रा खेलाडीहरुको अवस्था कस्तो छ ? दैनिक रोजीरोटीको संघर्षका बीच खेललाई जारी राख्न कति सम्भव छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, रजत पदक दिलाउनुभएकी महिला कबड्डी टिमकी क्याप्टेन कोषमाया बस्नेत र स्वर्ण पदक दिलाउने जुडोकी पुनम श्रेष्ठ ।