गत महिना मात्र तीन जना सांसदमाथि पदीय आचरण विपरितको अभियोग लाग्यो । सभामुख नै भएका व्यक्ति कृष्णबहादुर महरा यौन दुव्र्यवहारको अभियोग प्रहरी हिरासतमा छन् । पटकपटक मन्त्री भएका मोहम्मद अफ्ताव आलम पनि बम विस्फोटका घाइतेलाई इटाभट्टामा जिउ“दै जलाएको अभियोगमा हिसासतमा छन् । व्यक्ति मारिएको एउटा घटनामा आरोप लागेका सांसद पार्वत् गुरुडले अदालतमा गएर बयान दिएपछि साधारण तारेखमा रिहा भए ।
भ्रष्टाचार, यौनदुव्र्यवहार, अपहरण, हत्या, बम विस्फोट, रातोपासपोर्ट दुरुपयोग लगायतका पदीय आचरण विपरितका गतिविधिमा संलग्न सांसदहरुको संख्या धेरै छ ।
सांसदहरुको यो नैतिक पतन के कारण भईरहेको छ ? सांसदहरुको पदीय आचरण कस्तो हुनुपर्छ ? किन सांसदहरु एकपछि अर्को विवादमा परिरहेका छन् ? संसदभित्र सांसदको आचरणको अनुगमन संयन्त्र किन बन्न सकेको छैन ? सांसदको व्यवहारका कारण हाम्रँे संसदको प्रभावकारिता कुन हदसम्म खस्केको छ ? संसदमा कानून बनाउने भन्दा अन्य कुरामा किन बढ्ता बहस हुन्छ ? के हाम्रा सांसदहरुले आफ्नो जिम्मेवारी बुझेका छैनन् ?
संसदीय व्यवस्था, संसदीय र संबैधानिक कानूनका अध्येता काशीराज दाहाल ।