आयुर्वेद र हाम्रो जीवनशैली || Dr. Rishiram Koirala in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Oct 10, 2019
आधुनिकिकरणसँगै तपाईहाम्रो जीवनशैली पनि बदलिइरहेको छ । गाउँले जीवनपद्धति समेतलाई अहिले शहर लागेको छ । कृषि कर्मबाट जिविकोपार्जन गर्नेहरु अन्य पेशा अंगालीरहेका छन् । पेशा बदलिएसंगै खानपान, जीवनपद्धतिमा निकै उतारचढाव आएको छ । खानपानमा ध्यान नदिदा अनेकौ रोगको समाना गर्नुपर्ने अवस्था आएको छ । तनाव, चिन्ताको मात्रा बढ्दो छ ।
हाम्रो जीवनशैली अहिले कसरी बिग्रिइरहेको छ ? खानपानको शैली कस्तो छ ? आधुनिक जीवन शैलीमा कस्ता स्वास्थ्य समस्या बढीरहेका छन् । खानपान र मानिसको बदलिएको जीवनशैली सम्बन्धि छलफल गर्न आज मसँग हुनुहुन्छ आर्यूर्वेदका ज्ञाता बरिष्ठ डाक्टर ऋषिराम कोइराला ।
झण्डै चार हजार बर्षदेखि चलिरहेको पूर्वीय चिकित्साशास्त्र आयूर्वेदबाट हामी कसरी लाभ लिन सक्छौ ? नेपाल र विश्वमा आयूर्वेदिक उपचार पद्धतिको अवस्था कस्तो छ ? आयुर्वेदिक उपचारलाई राज्यले कुन हदसम्म प्राथमिकता दिएको छ ? यीनै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ आर्यूर्वेदका ज्ञाता बरिष्ठ डाक्टर ऋषिराम कोइराला ।