सामुदायिक शिक्षा सुधारमा युवा सक्रियता || TOUGH talk with Dil Bhusan Pathak full Episode
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Sep 26, 2019
हरेक बर्ष विद्यालय शिक्षाको खुड्किलो मानिने एसइई परिक्षाको रिजल्ट आउ“दा सुविधायुक्त विद्यालयमा पढ्ने विद्यार्थीहरु उच्च अंक ल्याएर उर्तिण हुन्छन भने तर गरिबी र आर्थिक क्षमता समेत कमजोर परिवारमा हुर्केका र भौतिक पूर्वाधार राम्रँे नभएका विद्यालयका विद्यार्थीहरुको नतिजा टिठ लाग्दो हुनेगर्छ ।
शैक्षिक गुणस्तर सुधारका लागि सात बर्षदेखि चलिरहेको ‘टिच फर नेपाल’ नामको स्वयसेवी शैक्षिक अभियान अन्तर्गत अहिले सात वटा जिल्लाका झण्डै ५ दर्जन सामुदायिक विद्यालयहरुमा करिब डेढ सय स्वयंसेवी शिक्षक परिचालित छन् ।
शैक्षिक गुणस्तर सुधारका लागि सरकारले गरिरहेका पहलहरु कति प्रभावकारी छन् ? टिचफर नेपाल कस्तो स्वयसेवी अभियान हो ? र यो कनि चाहियो ? नेपालका गाउ“हरुमा चलिरहेका सामुदायिक विद्यालयहरुको हालत कस्तो छ ? किन धेरै जसो विद्यार्थी विद्यालय शिक्ष्ाँमै गुल्टिन्छन् ? त्यसमा पनि अंग्रेजी, विज्ञान र गणित जस्ता विषयमा विद्यार्थी कनि कम अंक ल्याउ“छन् ? स्वयसेवी शिक्षक तयार पारी उनीहरुलाई गाउ“ गाउ“मा खटाउनका लागि कति चुनौती छ ? र किन आवश्यक छ ?