प्राज्ञिक चेत भन्दा राजनीतिक चेत हाबी || Prof. Basudev Kafle in TOUGH talk with Dil Bhusan Pathak
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Sep 5, 2019
शिक्षा जति गुणस्तरीय भयो, त्यसबाट उत्पादन हुने जनशक्ति त्यति नै समक्ष हुन्छ । तर नेपालमा बर्षौदेखि गुणस्तरीय शिक्षाको बहस चलिरहेको भएपनि त्यस अनुसार शिक्षामा सुधार भएको छैन । नेपालको शिक्षामा विश्वास नगरेर बर्षेनी ५० हजार भन्दा बढी विद्यार्थी विदेश पढ्न जान्छन् । र उनीहरुसँगै बर्षेनी झण्डै एक खर्ब पैसा विदेशिन्छ ।
शिक्षा क्षेत्रमा समेत चरम राजनीति छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षदेखि विश्वविद्यालयको उपकुलपति बन्नका लागि समेत राजनीतिक झिनाझपटी चल्छ ।
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेको छ । तर व्यवहारमा गुणतस्तरीय शिक्षा पाउन सक्ने वातावरण छ त ? संघीय प्रणाली अपनाएपछि शैक्षिक क्षेत्रमा के सुधार आयो ? हरेक बर्ष उच्च शिक्षाका लागि विदेशिने क्रम किन बढीरहेको छ ? हाम्रा विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रियामा कस्तो राजनीति हुने गरेको छ ? विश्वविद्यालयकहरुमा कस्ता विकृति र विसंगती छन् ? यिनै बिषयमा कुरा गर्न आज मसंग हुनुहुन्छ त्रिभूवन विश्वविद्यालयमा झण्डै साढे तीन दशक अध्यापन गर्नुभएका र समावेशी शिक्षामा विद्यावारिधी गर्नुभएका प्राध्यापक डा. बासुदेव काफ्ले ।