धर्म निरपेक्षतामा काँग्रेस स्पस्ट छ, महामंन्री कोइरालाका कुरा निजी हुन् | Krishna Sitoula in TOUGH talk
TOUGH talk with Dil Bhusan Pathak टफटक वीथ दिलभूषण पाठक
Jul 18, 2019
विस्तृत शान्ति सम्झौता मार्फत् हिंसात्मक विद्रोह छोडी माओवादी शान्तिपूर्ण बाटोमा आएको १३ बर्ष पुगिसकेको छ । तर यति लामो समय बितिसक्दा पनि २०५२ सालदेखि १० बर्ष सम्म चलेको हिंसात्मक घटनाका पीडितहरुले अझै न्याय पाएका छैनन् । माआवादी पार्टी आफै पटक पटक सत्ताको नेतृत्वमा पुग्यो । तर, न जिम्मेवार नेता यसको समाधानबारे गंभिर देखिन्छन् न त पीडित जनताले कुनै राहत महशुस गर्न सकेका छन ।
शान्ति प्रक्रियाका बांकी काम किन १३ बर्ष सम्म पुरा हुन सकेनन् ? हिंसापीडितले न्याय पाउन कति पर्खनुपर्ने हो ? नया“ संविधान त जारी भयो तर त्यसले दिएका अधिकारहरु नागरिकले कहिले पाउने ? संविधानले तय गरेको बाटोमा सरकार अघि बढेको छ कि छैन ? सत्तारुढ नेकपा र विपक्षी काग्रेसबीच किन विवाद र झगडा बढीरहेको छ ? चरम गुटबन्दीमा फसेको काग्रेस राष्ट्रिय मुद्दाहरुमा कहा“ छ ? धर्म निरपेक्षताको कुरामा काग्रेस अझै कन्फुज हो ?
यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मस“ग हुनुहुुन्छ, माओवादी आन्दोलनलाई शान्तिपूर्ण रुपमान्तरण गर्न भूमिका खेल्दै संविधान निर्माणमा समेत महत्वपूर्ण योगदान पु¥याउनुभएका काग्रेस पूर्व महामन्त्री कृष्ण सिटौला ।